काठमाडौं । न्यूरोडमा झण्डै आठ किलो सुनसहित पक्राउ परेका पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ ।
प्रहरीले मंगलबार राति सात किलो आठ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको छ । सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गररिरहेको जनाएको छ ।
प्रतिक्रिया