काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल खरिदबिक्री प्रकरणमा सरकारको छानबिनअनुसार अघि बढ्ने जनाएको छ ।
बुधबारको लेखा समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले चुक्तापुजीभन्दा पाँच प्रतिशत बढी सेयर खरिद गर्न आफूहरूको अनुमति चाहिने बताएका हुन् । उनले नेपाल सरकारले यसमा छानबिन गरेपछि कानुनअनुसार अघि बढ्ने बताए ।
एनसेल आजियाटाले भने शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता बताएको हो ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका को नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् । स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ ।
प्रतिक्रिया