काठमाडौँ । अमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर बुधबार नेपाल भ्रमणमा आउने भएकी छन् । दुई दिनसम्म नेपालमा रहने निर्देशक लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
दुई दिनसम्म नेपालमा रहने उनको कार्यक्रमको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासले गृहकार्य गरिरहेको छ । उनी नेपाल आउनुअघि अमेरिकाबाट कुटनीतिज्ञको एउटा टोली नेपाल आइपुगेको छ । साथै अमेरिकी सहयोग नियोगको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल सिफर पाँच दिनदेखि नेपालमै छन् । उनी अर्थमन्त्री डा.प्रकाशशरण महतदेखि अन्य उच्चस्तरीय भेटघाटमा सक्रिय छन् ।
परराष्ट्रमन्त्री साउद कात्तिक ८ गते अमेरिका भ्रमणमा गएको बेला निर्देशक लाउबाचरसँग भेटेका थिए ।
प्रतिक्रिया