काठमाडौं । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति हवाई ड्रोनहरूद्वारा विफल पारेको दाबी गरेको हो ।
मन्त्रालयले २२ युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाइ समुद्रमा रोकिएको पनि जनाएको छ ।
प्रतिक्रिया