काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
आज विविध विषयमा छलफल भएपनि महाधिवेशन लगायत बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्ने त्यस पार्टीले जनाएको छ ।
प्रतिक्रिया