देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन बाट निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।
सम्मेलनपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभापति अम्मरसिंह पुनले कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल नगर्ने र यो एजेण्डा महासमिति बैठकमा पनि लैजाने बताए । संघीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड निकालेको छ ।
सम्मेलनले सबै सरकारमा भद्रगोल देखिएको निष्कर्ष निकालेको छ ।
प्रदेश अधिवेशन भएको दुई वर्षपछि लुम्विनी प्रदेश कार्यसमितिले प्रथम सम्मेलन सम्पन्न गरेको हो । अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा पुस ३ र ४, मधेसमा पुस ५ र ६, बागमती पुस ७, कोशीमा पुस ९ गते सम्मेलन तोकिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश सम्मेलन भने टुङ्गो लागेको छैन । कांग्रेसको पुस १६–१९ मा हुने महासमिति बैठकमा प्रदेश सम्मेलनबाट पारित प्रतिवेदनका विषयलाई स्थान दिइने कांग्रेसले जनाएको छ ।