देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले नेताहरूका काण्डैकाण्ड

देशान्तर


काठमाडौं । पछिल्लो समय सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । यसमा प्रधानमन्त्रीलाई कन्भिन्स गराउने र पूर्ण समर्थन जनाउनेमा थिए प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली ।
ओलीका र युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतका बारेमा विष वमन गर्दै हिँडेका दुर्गा प्रसार्इंका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा छरपष्ट हुन थालेपछि आफैंसमेत सक्रिय रहेको सामाजिक सञ्जालप्रति ओली त्रस्त थिए । त्यसमाथि अरेली काँडैले वाला गीतको टुक्कामा बस्नेत एक युवतीसँग ओछ्यानमा देखिएको भिडियो क्लिप भाइरल भएपछि एमालेमा तरंग सिर्जना भएको थियो । उक्त भिडियो सम्पादन गरिएको भिडियो भएको आफ्नो नभएको चरित्र हत्या गर्न खोजिएको भनेर बस्नेतले खण्डन गरेका थिए ।


उता प्रसाईं भने त्यस्ता भिडियो आठ, दस वटा भएको र सिंगो फिलिम बाहिर आउने दाबी गरिरहेका थिए । मंसिर ७ गते प्रसाईंले आयोजना गरेको आन्दोलनमा सहभागी हुन पूर्वबाट आएका महिलाहरूलाई भित्री बस्त्रमा सुतेको बेला आधारातमा सुतेको ठाउँबाट जबर्जस्ती निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युवा संघ र एमालेको चर्को आलोचना भएको थियो । आधा रातमा महिलालाई लखेट्ने आफ्ना कार्यकर्ता नभएको दाबी एमाले र युवा संघले गरे पनि युवा संघको सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको थियो । मान्छेहरूलाई त्यसरी दुव्र्यवहार गर्ने नीति र निर्देशन केही नभएको बताए पनि एमालेका कार्यकर्ताले गरेको महिलामाथिको दुव्र्यवहारको सर्वत्र आलोचित छ । नेकपा एमालेका विभिन्न नेताहरूको फोन संवाद काण्ड, भिडियो काण्ड, आपसमा गरिएको कुराकानीको अडियो सार्वजनिक भैरहँदा दुई दिन पहिले अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य ऐन महरको भनिएको करिब आठ मिनेटको अडियो अहिले भाइरल भएको छ ।


अडियोमा बोल्ने महिला विवाहित रहेको बुझिन्छ । कुराकानीअनुसार महर र ती महिलाबीच अनैतिक सम्बन्ध रहेको र पछिल्लो समय विवाद भएको बुझिन्छ । महिलाले प्रमाणका रूपमा त्यो अडियो रेकर्ड गरेको प्रस्ट देखिन्छ । अडियोमा बोल्ने पुरुष ऐन महर भए, नभएको बारे स्वतन्त्र पुष्टि नभए पनि धेरैले उनकै आवाज भएको दाबी गरेका छन् । ती महिलाले आफूले बहिनी र आमालाई पनि सम्बन्ध बारे बताएको बोलेकी छन् । उनले आफूलाई एभोर्सनको औषधि किनिदिएको भए केही हुन्थेन आफूलाई प्रयोग मात्र गरेको भनेर पुरुषलाई भनेकी छन् । संवादमा पुरुषले दोहोरो कुराकानी रेकर्ड गरेको आंशका गर्छन् । कुराकानीमा पुरुषले दुवैको इज्जत भएकाले जोगाउन आग्रह गरेको सुनिन्छ । महिलाले आफूलाई मार्नेसम्मको धम्की दिने गरेको र आफू तत्काल मर्न सक्ने बताउँदा पुरुषले ‘मर्ने मार्ने कुरा नगर’ भनेर फकाउने गरेको सुनिन्छ । कुराकानीमा डिभोर्सका कुरा पनि भएका छन् । पुरुषले डिभोर्स नगर्न सल्लाह दिँदै मिलेर बस्न सुझाव दिन्छन् । महिलाको श्रीमान्ले अवैध सम्बन्धबारे जानकारी राखेको पनि अडियोमा सुनिन्छ ।