काठमाडौँ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
बुधवार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने र असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
सबै प्रक्रिया पु¥याएर केन्द्रीय बैंकको समेत निर्देशनमा कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाउने छैनन् ।
प्रतिक्रिया