काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ ।
नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको छ । सञ्चालक समितिको निर्णय अनुसार नेपालबाट बाहिरिने निर्णय गरेको हो ।
आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।
प्रतिक्रिया