काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ । कात्तिक २६ गते उत्तरकाशी–यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका थिए।
उनीहरूको १७ दिनपछि मंगलवार उद्धार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको थियो । पहिरो छिचोल्न ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो ।
उद्धार गरिएको सबैलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सुरूङबाट उद्धार गरिएका उनीहरूलाई जनही १/१ लाख रूपैयाँ दिने भारत सरकारले निर्णय गरेको छ । त्यस्तै उनीहरूलाई आफ्ना परिवारहरूसँग समय बिताउन १५ दिनदेखि १ महिनासम्मको छुट्टी दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया