देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाउण्डको भाउ अहिलेसम्मकै उच्च

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । यस्त,ै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ स्थिर रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६० पैसा र बिक्री दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ ।