देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जान्छ : महामन्त्री थापा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने बताएका छन् । शुक्रवार कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनमा महामन्त्री थापाले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताएका हुन् ।
उनले गल्ती कमजोरीहरू भएकालाई सच्याउनु पर्ने तर गल्तीको भारी व्यवस्थालाई बोकाएर नहुने बताए । थापाले नेपाली कांग्रेसले मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्ने भन्दै नबरालिन कार्यकर्तालाई आग्रह गरे ।
यस्तै उनले २०८४ अघि अर्घाखाँचीमा निर्वाचन हुने परिस्थिति देखिएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।