काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शले दुईवटा अर्वाड द्वारा सम्मान गरेको छ ।
भारतको मुम्बईमा बिहीबार आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौथो संस्करणमा एक भव्य समारोहका बीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई आयोजकका तर्फबाट नेपालको सर्बोत्कृष्ट माइक्रो बिमाकर्ता अवार्ड र नेपालको प्रभावकारी प्रबिधि अबलम्बन तर्फको अर्को अवार्ड गरी दुई वटा प्रदान गरिएको हो ।
इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ । यस अघिपनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो । इन्स्योरेन्स एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित गरेको हो ।
गत जुलाईमा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the year Nepal New Insurance Product of the Year Nepalगरी दुईवटा सम्मानद्वारा कम्पनीलाई समानित थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहले यस्ता पुरस्कार प्राप्तीले नेपाली बीमा क्षेत्रलाई थप उचाई पुराउने बताएका छन् ।
प्रतिक्रिया