देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिमा विकास बैंक १७ औं बर्षमा प्रवेश एकैदिन १७ वटा कार्यक्रम

देशान्तर


काठमाडौं । ‘Access to All’dमूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेड विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बर्षमा प्रवेश गरेको छ । आफ्नो बार्षिक उत्सवका अबसरमा बैंकले राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ । साथै देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सम्पन्न गरेको छ ।
बैंकले प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रममा १०९ युनिट रगत संकलन भएको छ भने क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको थियो । त्यस्तै क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।

आजै गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण गर्नुका साथै शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण ,गुरुकुल बृद्धाश्रम,स्याङ्जा मा न्यानो कपडा वितरण ,विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण ,भृकुटीपथटोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण , जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण,.अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण , प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण गरेको बैंकले जनाएको छ । त्यसैगरी ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना ,वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना , सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण , काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण ,नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण , र अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाटसरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले ८०अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साह जनक तथ्य प्रस्तुत गरिरहेको छ ।