देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक बुधबार २०.६७ अंकले बढ्यो

देशान्तर

काठमाडौं । नेप्से परिसूचक बुधबार २०.६७ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.१३ प्रतिशतले बढेर १८५०.३३ विन्दुमा बन्द भएको हो । यस दिन एक अर्ब आठ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले बढेर ३१६ रुपैैयाँ ९० पैसा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८.१५ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४४० रुपैयाँ ९० पैसा कायम भएको छ । सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २९४ धितोपत्रका ४२ लाख १३ हजार २८५ कित्ता खरिद–बिक्री भएको छ ।कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक बढेको छ । म्युचुअल फन्डको परिसूचक ०.०३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।