देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्र अझै दबाबमुक्त छैन : दाहाल

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन् ।
मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहे पनि दबाबमुक्त नरहेको बताए ।
प्रधानमन्त्रीले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरिले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताए ।

उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए । छलफलमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका पदाधिकारीहरुको सहभागी छन् ।
यसअघि सोमबार देशको अर्थतन्त्रबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । मन्त्री महतसहित राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सामान्य ब्रिफिङ लिएपछि प्रधानमन्त्रीले अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।