काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा अस्थायी टहरा निर्माणको काम सुरु भएको छ ।
नेता पौडेलको नेतृत्वमा सोमबार जाजरकोट पुगेको युवाको टोलीले मंगलबार नलगाड नगरपालिकाको ५ नम्बर वडाको रघुनाथ टोलबाट अस्थायी आवास निर्माणको काम सुरु भएको हो ।
काठमाडौं बाट गएका ५० र त्यहाबाट थप १०० जना थपेर काम सुरु गरेको नेता पौडेलले जानकारी दिएका छन् । कांग्रेसले बनाउने एक हजार अस्थायी आवासमध्ये १०० अस्थायी आवास पौडेलको नेतृत्वमा पूरा हुने जनाइएको छ ।
प्रतिक्रिया