देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीद्वारा राष्ट्रपतिको आलोचना : ७ गते सांकेतिक विरोध मात्र गर्न खोजेको दाबी

देशान्तर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।
शनिबार काठमाडौँमा भएको एमालेको जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले एक वर्ष नपुग्दै अलोकतान्त्रिक र पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाए । उनले संविधान अनुसार राष्ट्रपति, सरकार र राज्यका निकाय नचलेको बताए ।
ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने टिप्पणी गरे । उनले आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको दाबी गरे ।


देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए । एमालेले मंसिर ७ गते राजधानी काठमाडौंमा युवा संघले गर्ने भनेको वृहत जनप्रदर्शनको स्वामित्व लिएको छ । जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ । उनले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न निर्देशन दिएका छन् ।