देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका–मेक्सिको आप्रवासन बारे छलफल

देशान्तर


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । सो छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

“मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,“ अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् ।
बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गरेका छन् । लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिदैन ।

अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाउनु भएन त्यहाँ आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो । उनले शुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए तापनि अन्त्यमा भने, मन परिवर्तन गरेका थिए ।