काठमाडौँ । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पहिलो पेसी मंसिर ४ गतेलाई तोकिएको छ ।
भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको अदालत प्रशासनले जनाएको छ ।
तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन आधा दर्जन रिट दर्ता भएका थिए ।
रिट निवेदकहरुमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । रिटमा सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको दाबी सहित उल्टाउन माग गरिएको छ ।
प्रतिक्रिया