काठमाडौं । लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।
मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यसैगरी गएराति सुनसरीमा किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ । यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ ।
प्रतिक्रिया