काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएकाले कमजोर भएको बताएका छन् ।
शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले क्रमशः एकताको आधार तयार हुँदैछ गएको जिकिर गरे ।
उनले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतिक भएको बताउदै अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको पनि बताए । उनले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने भन्दै उनले यो कहिल्यै अघि बढ्ने, कहिले एक कदम पछाडि हट्ने बताए । आगामी विशेष महाधिवेशनमा पार्टीले समाजवादको बाटो थप स्पष्ट पर्ने भन्दै उनले , विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी संग एकता र ध्रुवीकरणको मुद्दामा नजिकै रहेकोले छिट्टै एकतावद्ध हुने बताए ।
प्रतिक्रिया