देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।हालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्प प्रभावितहरूका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरे ।