अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङको वर्खास्तिको प्रस्ताव अस्वीकृत भएको छ ।
हेटौँडामा जारी विशेष अधिवेशनमा वर्खास्तिको प्रस्तावमा अस्वीकृत भएको हो । आज भएको मतदानमा खसेको कुल ५३ मत मध्ये ५२मत उक्त प्रस्तावको विपक्षमा र एक मत बदर भएको थियो ।
असन्तुष्ट ३४ प्रतिनिधिले उक्त मतदान बहिष्कार गरेका थिए । एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भए पनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए ।
एन्फाको विधान अनुसार अध्यक्षको बर्खास्तकीको प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक पर्ने छ । गत भदौमा एन्फा नेतृत्वले सही ढङ्गले काम गर्न नसकेको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवको बर्खास्तकीको प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया