देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इंग्ल्याण्डको अर्को वर्ष च्याम्पियन्स ट्रफि खेल्ने सम्भावना कायमै, विश्वकपमा दोस्रो जित

देशान्तर

आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको जारी विश्वकपमा दोस्रो जित निकालेको हो । जितसँगै तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौं स्थानमा उक्लिएको छ ।

अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छन् । त्यसका लागि तालिकाको ८ औं स्थानमा रहन अनिवार्य छ । ८ टिमले खेल्ने प्रतियोगितामा घरेलु टोलीको रुपमा पाकिस्तान स्वत: छनोट हुने भएकाले अरु विश्वकपमा सातौं स्थानसम्म रहने टिमले प्रतिस्पर्धा गर्न पाउने छन् । पाकिस्तान ८ भित्रै रहेकाले आठौं स्थानमा रहने टिमले च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छ । 

बुधबार पहिले खेलेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रनको बलियो स्कोर बनाएको थियो । जसको जवाफमा नेदरल्यान्ड्सको टोली ३७.२ ओभरमा १७९ रन मात्रै अल आउट भएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रनको उत्कृष्ट शतक खेले र खेलको म्यान अफ द म्याच घोषित भए ।

Moeen Ali attempts to run out Wesley Barresi, England vs Netherlands, Men's ODI World Cup, Pune, November 8, 2023

इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि डेभिड मलानले टिमलाई तीव्र सुरुवात दिएका थिए । तर, सातौं ओभरमा ४८ रनमा जोनी बेयरस्टो (१७ बलमा १५ रन) आउट भए । यसपछि मलानले जो रुट (३५ बल, २८) सँग दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै १६औं ओभरमा नै टोलीलाई १०० भन्दा माथि पुर्‍याए । २१औं ओभरमा १३३ रनमा जो रुट आउट भए भने मलान पनि २२औँ ओभरमा १३९ रनको स्कोरमा आउट भए ।

डेभिड मलानले ७४ बलमा ८७ रनको द्रुत इनिङ खेले तर रनआउटका कारण शतक बनाउन चुकेका थिए । २७ औं ओभरमा १६४ रनको स्कोरमा ह्यारी ब्रुक (११), ३१औँ ओभरमा १७८ र मोइन अली (४)को स्कोरमा जोस बटलर (५) र १९२ रनको स्कोरमा मोइन अली (४) आउट भएपछि नेदरल्यान्ड्सले बलियो पुनरागमन गरेको थियो ।

तर, यसपछि बेन स्टोक्सले क्रिस वोक्ससँग सातौं विकेटका लागि १२९ रनको साझेदारी गर्दै टोलीलाई ३२० रनभन्दा माथि पुर्‍याए । ३७ औ ओभरमा २०० रनको अंक पार गरेपछि इंग्ल्यान्डले ४५ औ ओभरमा २५० र ४७ औ ओभरमा ३ सयको स्कोर पार गरेको थियो । स्टोक्स र वोक्सले आफ्नो विस्फोटक ब्याटिङले नेदरल्याण्ड्सको आशालाई ध्वस्त पारे । ४९ औं ओभरमा ३२१ रनको स्कोरमा क्रिस वोक्स ४५ बलमा ५१ रनको शानदार इनिङ खेलेर आउट भए । सोही ओभरमा ३२७ रनको स्कोरमा डेभिड विली पनि ६ रन बनाएर आउट भए ।

बेन स्टोक्सले विश्वकपमा आफ्नो पाँचौं र पहिलो शतक मात्र ७८ बलमा पूरा गरे । उनले ८४ बलमा १०८ रनको उत्कृष्ट इनिङ खेले र अन्तिम ओभरमा ३३४ रनको स्कोरमा आउट भए। इंग्ल्याण्डले अन्तिम १० ओभरमा १२४ रन र अन्तिम ५ ओभरमा ६९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बास डी लीडले सर्वाधिक ३ विकेट लिए भने उनी बाहेक आर्यन दत्त र लोगान भान बेकले २–२ विकेट लिए ।

लक्ष्यको जवाफमा नेदरल्यान्ड्सको सुरुवात निकै सुस्त थियो र छैठौं ओभरमा १३ रन पुग्दा दुई विकेट खसेको थियो । वेस्ली बारेसी (६२ बल, ३७) ले सेब्रान्ड एङ्गलब्रेच (४९ बल, ३३) सँग तेस्रो विकेटका लागि ५५ रन जोडे तर बारेसी १८औं ओभरमा ६८ रनको स्कोरमा आउट भए र एन्जेलब्रेच पनि ९० रनमा आउट भए। 

डच टोलीले २६ औं ओभरमा १०० रन पूरा गरे पनि सोही ओभरमा बास डी लीड (१२ बलमा १०) आउट भए । कप्तान स्कट एडवर्ड्स (४२ बलमा ३८) ले छैटौं विकेटका लागि तेजा एनडिमानुरु (३४ बलमा ४१*) सँग ५९ रन जोडेर ३२औँ ओभरमा टोलीलाई १५० रनभन्दा माथि पुर्याए पनि नेदरल्यान्ड्सको अन्तिम ५ विकेट १६ रनमै खसेको थियो। ठूलो एकतर्फी जित हासिल गरेको छ।

इंग्ल्याण्डका लागि आदिल रसिद र मोइन अलीले ३–३ विकेट लिए भने डेभिड विलीले २ तथा क्रिस वोक्सले १ विकेट लिए ।

इङ्ल्यान्डले विश्वकप २०२३ को आफ्नो अन्तिम खेल नोभेम्बर ११ मा कोलकातामा पाकिस्तानसँग खेल्नेछ भने नेदरल्यान्ड्सले नोभेम्बर १२ मा बैंग्लोरमा भारतविरुद्ध आफ्नो अभियान समाप्त गर्नेछ।