काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने निर्णय गरेको हो ।
बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले अभियानको थालनी गर्नेछन् । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।
यस्तै भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि एमालेले जनाएको छ ।
प्रतिक्रिया