काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको हो ।
उनिहरुले ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्ने कांग्रेसले जनाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्नेछन् । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनेछन् ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउने कांग्रेसले जानकारी गराएको छ ।
समितिले उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन गर्नेछ । उनिहरुले संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ छैन त्यसबारे अनुगमन र एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण गर्ने छन् ।
सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा समन्वय गर्नेछन् ।
प्रतिक्रिया