काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।
उनले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएलगत्तै त्यहाँको अबस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका हुन् । बालुवाटार पुगेर उनले प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव पनि दिएका छन् ।
छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाए । राहत सामग्री जिल्ला प्रशासनमा थुप्रिएको तर पीडितले नपाएको विषयमा पनि लामिछानेलाई प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
उनले राहत वितरणमा एकरुपता नदेखिएको बारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया