काठमाडौं । सूर्य नेपाल प्रालिले उद्धार, राहत तथा पीडितहरूको पुनर्स्थापनाका लागि एक करोड ४० लाख सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, त्रिपाल र ब्ल्यांकेटहरू जाजरकोट पठाइसकेको छ ।
साथै, पाँच लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालबाट प्रभावित क्षेत्रमा जाने टोलीलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ
प्रतिक्रिया