काठमाडौं । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ ।
बैठकमा राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्याउने गरी आर्थिक भेलाको आयोजन गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको नेताहरुले बताएका छन् ।
यसबैबीच प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखिएको बताएको छ ।
बैठक पछि प्रतिकृया दिदै एमालेका सचेतक महेश बर्तोलाले सरकारलाई कानुन विधिबमोजिम हिँड्न सुझाव दिएको बताए ।
उनले सामाजिक सञ्जालमा छाडापन मौलाएको, भड्काउने कामहरू भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको बताए ।
प्रतिक्रिया