काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको हो ।
यस अघि नेपाली कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया