काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
यसअघि मंसिरको १३ देखी १५ सम्म बैठक बस्ने तय भएकोमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने निर्णय गरेको थियो । तर चाडपर्वको कारण पुनः सार्नुपरेको उनले बताए ।
अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा हुने भएको छ ।
प्रतिक्रिया