काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकि निर्माणको काम अघि बढ्ने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रंगशालाको बाँकी निर्माण अघि बढाइने भएको हो । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको छ । मंगलबार बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा भएको समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ । उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने छ । ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका पदाधिकारीको उपस्थितिमा समझदारी भएको हो ।
प्रतिक्रिया