काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।
नेकपा एसको सोबार बसेको सचिवालयले बैठकले पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि साथै राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको थियो ।
नेकपा एसले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला संयोजक रहेको कार्यदलसमेत बनाइएको छ ।
प्रतिक्रिया