काठमाडौं । निजी लगानीको हेलिकप्टर कम्पनी एयर डाइनेष्टीले दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
भूकम्पबाट प्रभावित परिवारका लागि सरकारले आह्वान गरे अनुसार सहयोग गरिएको कम्पनीले जनाएको छ । यस्तै बुद्ध एयरले एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री निःशुल्क ढुवानी गरेको हो ।
बुद्ध एयरले काठमाडौंबाट नेपालगञ्ज ६५२ किलो र सुर्खेततर्फ ८९६ किलोको राहत सामाग्री निःशुल्क ढुवानी गरेको जनाएको छ ।
यसअघि बुद्धले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड सहयोग गरेको थियो ।
प्रतिक्रिया