काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक बुधबार दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा रहेको छ ।
एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानको तयारी स्वरुप हालै दुई टोलीले मध्यपहाडी लोकमार्गको अवलोकन गरेको थियो । पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट सम्मको सिंगो मध्यपहाडी लोकमार्गको अवलोकन गरेको हो ।
प्रतिक्रिया