काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ।
सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ। निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरूलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो।
जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
प्रतिक्रिया