काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । २२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । राष्ट्रपति कार्यालयका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरिएको हो ।
गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यतालिका स्वीकृति भएको थियो ।
तर, जाजरकोट भूकम्पपछि देशमा उत्पन्न असहज परिस्थितिकै कारण हाललाई भ्रमण स्थगित गरिएको हो ।
प्रतिक्रिया