देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर सक्रिय

देशान्तर


काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर (इटिसी)लाई सक्रिय बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लस्टर सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रहरूमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सेवा प्रदायकहरूले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने तथा निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा

भूकम्प प्रभावित क्षेत्रहरूबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको भएको छ ।
बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रबन्धक डा विमल आचार्य, ब्रोडकास्टिङ एसोसियसन बान का अध्यक्ष कुमार भट्टराई , अकोरावका अध्यक्ष अर्जुन गिरी ,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेल, लगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।