काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
यसअघि अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा सन्दीप लामिछानेले २ विकेट लिँदै ७ रनमात्र दिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
नेपालले पहिले ब्याटिङ गर्दै जितक लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो।
जवाफमा ओमानले अन्तिम बलमा ९ विकेट गुमाएर १ सय ८४ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
प्रतिक्रिया