काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले कर्णाली प्रदेशमा शुक्रबार राति गएको भूकम्पपछिको अवस्थाबारे स्थलगत अनुमगन र अध्ययन गर्न महामन्त्रीद्वय लाई ‘फिल्ड’मा खटाउने निर्णय गरेको छ ।
‘
प्रतिक्रिया