काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जाजरकोटबाट पुनर्निर्माण कार्य अघि बढाउने निर्णय पनि सरकारले गरेको छ । भूकम्पपीडितलाई अस्थायी बसोबासका निम्ति टहरा बनाउने निर्णय गरिएको उनले जानकारी दिइन् ।
उ
प्रतिक्रिया