काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ ।
महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।
हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको प्रभावित भएको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया