देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाजरकोट र रुकुम(पश्चिम)मा पाँच/पाँच करोड रुपैयाँ पठाउने

देशान्तर

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतका लागि जाजरकोट र रुकुम(पश्चिम)मा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिम जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पाँच/पाँच करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । 

बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू उपस्थित थिए ।  गएराति जाजरकोटमा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले संरचनाहरू भत्किँदा ठूलो जनधनको क्षति भएको छ