काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको छ । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल र ओमान भिड्दै छन् ।
प्रतिक्रिया