देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समूह उपविजेता बन्दै नेपाल ओमानसँग ५ रनले पराजित

देशान्तर

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । हार पछि नेपाल समूह उपविजेता बनेको छ ।
कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेका थिए । उनि चौथो चौथो बलमा आउट भए । यादवले २४ बलमा ५ छक्कासहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।
नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । भोलिको खेल ११ बजे शुरु हुने छ ।