काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकालको बाँकी कैद कट्टीको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ । बुधवार सो रिटको सुनुवाइ सकिएको हो ।
आज रिगलको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, लव मैनाली तथा अधिवक्ताहरू सुलभ खरेल, शालिग्राम सापकोटा लगायतले बहस गरेका छन् । सर्वोच्च अदालतले बिहीबार ३ बजेलाई निर्णय सुनुवाइ राखेको छ।
प्रतिक्रिया