चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले फेरि एकपटक प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन् । मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन्।
लियोनल मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा बालोन डी’ओर अवार्ड जितिसकेका छन् ।
मेस्सीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।
गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको कप्तानी गरेका उनले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओर समेत जित्न सफल भएका हुन् ।
महिला तर्फको बालोन डि’ ओर स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छिन् । बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियान भएको विश्वकप जितेकी थिइन् ।
बालोन डी’ओर फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जुन व्यक्तिगत खेलाडीलाई दिइने सम्मान हो। फुटबल क्लब र राष्ट्रिय टोलीका खेलाडीलाई उत्कृष्ट प्रदर्शनको आधारमा हरेक वर्ष यो अवार्ड दिइन्छ ।
विश्वका उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीहरू मात्र यसको योग्य छन्।
सन् १९५६ देखि हरेक वर्ष पुरुषहरूलाई उत्कृष्ट प्रदर्शनको लागि यो पुरस्कार प्रदान गरिन्छ।
उत्कृष्ट महिला खेलाडीलाई बालोन डी’ओर दिने चलन सन् २०१८ देखि सुरु भएको हो ।
सन् २०२० मा कोभिड महामारीका कारण अवार्ड दिइएन ।
प्रतिक्रिया