काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कैलयाका बाल एकता बोर्डिङका संचालक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।
अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको हो ।
स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।
हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया