काठमाडौं । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उद्धार कार्य जारी छ । १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ । सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको छ । गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ ।
आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।
प्रतिक्रिया